जेठ २८, २०८३ बिहिबार

काठमाडौँ, २८ वैशाखः ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक  नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको छ ।  

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का  २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    काठमाडौँको चाबहिल–दक्षिणढोकास्थित ट्रायल सेन्टरमा सङ्खुवासभाको मादी नगरपालिका–४ का २२ वर्षीय जीवन विश्वकर्माको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले बस्ताकोटीलाई नियन्त्रणमा लिएको हो ।