कात्तिक ५, २०७८ शुक्रबार

४ कात्तिक, काठमाडौं । पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कर्मचारी संघका संघका महासचिव आयुव अली खानले असोज दुई गतेदेखि महाप्रबन्धक पौडेल र निमित्त महाप्रबन्धक अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको बताएका छन् ।

डिडिसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी बालाजु दुग्ध विकास आयोजनाको प्रमुख रहँदा एक करोडभन्दा बढी रकम अनियमितता गरेको र त्यो जोगाउन महाप्रबन्धक पौडेल लागेको कर्मचारी संगठनको आरोप छ ।