कात्तिक ५, २०७८ शुक्रबार

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागभित्र बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेलले अब संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्दको प्रयोग हुने बताए । उनका अनुसार अब प्रहरीका अधिकृतले तपाईं भनेर सम्बोधन गर्नेछन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।  कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।