न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आइपिओ शुक्रबार बाँडफाँट भएको हो । गोला प्रथामार्फत भएको कम्पनीको आइपिओ बाँडफाँटमा जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका । कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकामा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए भने १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जना मध्ये २ लाख ९ हजार २५० जनाले मात्र कम्पनीको सेयर हात पारेका हुन् ।
यसको मतलब अधिकतम् ९१ प्रतिशत आवेदकहरूको हात खाली भएको छ । कम्पनीले गत असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो ।