काठमाडौँ । जबजब भारत र पाकिस्तानबीच क्रिकेट म्याच हुन्छ तब विश्व क्रिकेट सर्वाधिक रोचक भिडन्तका रूपमा रहन्छ। सधैँ एकअर्काविरुद्ध कट्टर दुश्मनी रहने यी दुई छिमेकी क्रिकेटलाई खेलका रूपमा भन्दा ज्यादा प्रतिष्ठाका रूपमा लिन्छन्।
टी-२० विश्वकपमा आइतबार (२४ अक्टोबर) भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
पाकिस्तानका गृहमन्त्री (पाकिस्तानमा इन्टेरियर मिनिस्टर भनिन्छ) शेख रसीदले सञ्चारमाध्यमहरूलाई आफूले खेल हेर्नका लागि दुई दिनको छुट्टी मागेको बताएका छन्। उनले उक्त छुट्टीमा खेल हेर्न मैदान जाने बताए। आइतबार भारत र पाकिस्तानबीच हुने खेलका बारेमा शेख रशीदलाई केही प्रश्न गरिएको थियो।
यस विषयमा इन्टेरियर मिनिस्टरले भने ‘म यो खेल हेर्नका लागि दुबई जाँदै छु । मैले प्रधानमन्त्री इमरान खानसँग २ दिनको बिदा मागेको छु। अल्लाहसँग प्रार्थना गर्छु कि पाकिस्तानलाई सफलता मिलोस्।’ साथै उनले थपे, ‘यद्यपि हामीले खेललाई खेलका रूपमा लिनुपर्छ। म भारत र पाकिस्तानको सबै खेल हेर्न चाहन्छु, चाहे उक्त खेल कोलताकामा होस् या चेन्नईमा, नतिजा जे आए पनि हामीले स्विकार्नु पर्छ ।’