एजेन्सी । बङ्गलादेशको रोहिंग्या शरणार्थी शिविरस्थित मदरसामा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।
शुक्रबार बिहान चार बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरूको पनि खोजी गरिहेको छ ।