कात्तिक ६, २०७८ शनिबार

 बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।

आज बिहान १० बजेदेखि उडान सुरु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । प्राधिकरणले बिहानदेखि बेलुकी ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । दुई दिनसम्म उपकरणहरुको परीक्षणपछि विमानस्थल सञ्चालनमा आउन लागेको हो ।

विमानस्थल जलमग्न भएपछि तीन दिनदेखि विमानस्थल बन्द गरिएको थियो । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका ठाउँ डुबानमा परेका थियो ।