असार १, २०८३ सोमबार

काठमाडौँ, १ असारः राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । 

    बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची छ । 

आकस्मिक समयअन्तर्गत सदस्यहरुले आफ्ना विचार प्रस्तुत गर्ने क्रम जारी छ ।