कात्तिक ६, २०७८ शनिबार

अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड–१९ विरुद्धको फाइजर खोपको क्लिनिकल ट्रायलको रिपोर्ट सार्वजनिक गर्दै कम्पनीले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई समेत उक्त खोप लगाउने घोषणा गरेको छ ।

हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएपछि अमेरिकाले यो निर्णय गरेको हो ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ ।

फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशारकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आगामी सोमबार देखि वितरण गरिने बताइएको छ ।