गाईघाट (उदयपुर), २ असारः बेलका नगरपालिकादेखि कटारीसम्मको मदन भण्डारी खण्डमा दुर्घटना क्रमशः बिस्तारै न्यूनीकरण हुँदै गएको छ ।
स्थानीयवासी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरन्तरको न्यूनीकरण अभियान सञ्चालन पछि अन्ततः सडक दुर्घटनामा कमी आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमूख प्रहरी निरीक्षक दानबहादुर मिच्रिङले मगरले फागुनमा ५६ सवारी दुर्घटना घटेको थियो भने चैत महिनामा ३६ र वैशाख महिनामा ३४ मा झरेको बताउनुभयो ।
विगतका सवारी दुर्घटनामा धेरै मात्रमा मानवीय क्षति हुने गरेकामा हाल आएर मानवीय क्षतिमा समेत न्यूनीकरण हुँदै गइरहेको उहाँले बताउनुभयो ।