सुेर्खत । । नेपाल स्वयंसेवक संघ कर्णाली प्रदेशको आयोजनामा गरिएको अन्तरक्रिया कार्याक्रम सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । एक संकल्प राष्ट्रका लागि, राष्ट्रका सेवक स्वयंसेवक भन्ने मुल नाराका साथ राष्ट्रिय अनुसन्धानका लागि नेपाल स्वयंसेवक संघको मेचीमहाकाली जागरण अभियानमा हिडेका नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल, स्वयंसेवक युवा संगठन केन्द्रीय अध्यक्ष जन्जीत पुरुषको उपस्थिति रहेको थियो ।
यस्तै नेपाल स्वयंसेवक संघका केन्द्रीय सदस्य विष्णुप्रसाद पौडेल, सोनु अधिाकरी, गुरुकुल विभाग केन्द्रीय सदस्य मेकनाथ आर्चाय लगायत कर्णाली प्रदेश तथा जिल्लाका सबै संगठनमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।उक्त कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवक संघ सुर्खेत जिल्ला प्रचारप्रसार समिति संयोजक धिरेन्द्र सापकोटा ले गर्नुभएको थियो ।