असार ३, २०८३ बुधबार

काठमाडौँ, ३ असारः  प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

    बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ ।

    आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् ।

    यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पनि विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले  जवाफ दिनुहुने कार्यक्रम छ ।  
–––