अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेअनुरूप नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार १०० कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० तोकिएको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ। चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो।