कात्तिक ७, २०७८ आइतबार

जनकपुर, कात्तिक ७ । सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरका मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


कात्तिक ४ गत जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिट गरेका थिए ।

कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार कामकाज ठप्प पारेका थिए ।

सुरक्षाको प्रत्याभूतिको माग गर्दै कामकाज ठप्प पारेपछि सुरक्षा व्यवस्था बढाइएको हो ।