कात्तिक ७, २०७८ आइतबार

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको क्रिकेट खेल आज (आइतबार) हुँदै छ । खेल नेपाली समयअनुसार बेलुका ७:४५ मा सुरू हुनेछ । टी-ट्वेन्टी फर्म्याटमा यी दुई देश २,०४५ दिन अर्थात् ५ वर्ष ७ महिना ५ दिनपछि खेल्न लागेका हुन् ।

यसै पनि सबैको ध्यान तान्ने भारत-पाक क्रिकेटमा दुवै टिमले धेरैपछि एकले अर्कालाई हराउने अवसर पाएका छन् । भारतसामु विश्वकपमा (एकदिवसीय र टी-ट्वेन्टी) १३ औँ पटक पाकिस्तानलाई हराउने अवसर छ । पाकिस्तानलाई भने विश्वकपमा पहिलो पटक भारतलाई हराउने मौका मिलेको छ ।