काठमाडौं । न्यायका लागि मानवअधिकार सञ्जालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग गरेको छ ।
सञ्जालले आइतबार एक वक्तव्य जारी गर्दै राणा गैरव्यावसायिक गतिविधिमा संलग्न रही न्यायालयको विकृतिको प्रमुख कारक बनेको आरोप लगाउँदै उनले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएको हो ।
न्यायपालिकाको स्वतन्त्रताविपरीतको राणाको कार्यशैलीले उनी विवादित बनेको सञ्जालका संयोजक ईन्द्रप्रसाद अर्यालले वक्तव्यमार्फत बताएका छन् ।
निष्पक्ष, स्वतन्त्रता, मर्यादित र उच्च नैतिक चरित्र अपनाउनुपर्ने पदीय व्यक्तिले संवैधानिक नियुक्ति तथा मन्त्रिमण्डल विस्तारमा राजनीतिक लाभ लिने र आफू संलग्न नियुक्ति जोगाउन संसदीय सुनुवाइ र अदालती सुनुवाइ पन्छ्याउन खोजेको उक्त वक्तव्यमा प्रधानन्यायाधीशमाथि आरोप छ ।