कात्तिक ८, २०७८ सोमबार

अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप सोमबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।  तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । 

यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।