काठमाण्डौ।
ईण्डियन प्रिमियर लिग(आईपिएल)मा ५७ खेलाडीको विभिन्न ८ फ्रेन्चाईजीमा आबद्धतासॅंगै सबै टोलीले आफ्ना लागि आवश्यक खेलाडीको टिम पुरा गरेकामा ३ करोड २० लाख खर्चदै पुर्व च्याम्पियन सनराईजर्स हैदराबादले ४ खेलाडी टिममा अनुबन्ध गरेको छ।
चैत २९ गते शनिबारका दिन कलकत्ता नाईट राईडर्ससॅंग खेल्दै यस सिजनको सुरुवात गर्ने हैदराबादको २०२१ को आईपिएलमा अन्तिम ११ यसप्रकारको रहन सक्छस्
१)डेविड वार्नर(कप्तान)*
टिमका कप्तान समेत रहेका अस्ट्रेलियाका यि ओपनर वार्नर यस टोलीको पनि ओपनरको भुमिकामा रहने छन्।
२)जोनी वेयस्टो(विकेट किपर)*
इंग्ल्याण्डका बिस्फोटक विकेट किपर ब्याट्सम्यान वेयस्टो आईपिएलमा धेरै रन बनाउने विदेशी खेलाडीमा पर्ने हुदा उनको आईपिएलको लागि टिमको अन्तिम ११ मा पर्ने लगभग निश्चित रहेको छ।
३)केन विलियम्स*
न्युजिल्याण्डका सफल कप्तान रहेका विलियम्स हैदराबादको मध्य क्रम सम्हाल्दै सुझबुझ पुर्ण ब्याटिङ गर्ने हुदा यिनको पनि टिममा पर्ने लगभग निश्चित रहेको छ।
४)मनिष पाण्डे
भारतिय टिमलाई पटक पटक प्रतिनिधित्व गरिसकेका पाण्डे मध्य क्रमको ब्याटिङलाई सुझबुझ ढगंले सम्माल्न सक्ने खुबिमा रहेकाले टिममा स्थान बनाउने लगभग पक्का रहेको छ।
५)विजय शंकर
तिब्र गतिको बलिङ तथा ब्याटिङ क्षमता पनि राख्ने शंकरले भारतिय टिमको पनि प्रतिनिधित्व गरि सकेका छन् ।
६)प्रियम गर्ग
युवा भारतिय बलर गर्ग अन्तिम ११ मा पर्ने लगभग निश्चित रहेको छ।
७)केदार जाधव
ब्याटिङ चिनिएका जाधवले स्पिन बलिङ समेत गर्ने हुनाले र मध्य क्रमको ब्याटिङका भरपर्दा र अनुभवी खेलाडीका रुपमा यिनि टिममा पर्नेछन्।
८)रशिद खान*
टि ट्वान्टि अन्तराष्ट्रियको बलिङ बरियताको शिर्ष स्थानमा रहेका खानको बलिङ मात्र नभई ब्याटिङ क्षमता पनि उत्कृष्ट रहेकोले उनको अन्तिम ११ मा पर्ने लगभग निश्चित रहेको छ।
९)भुवनेश्वर कुमार
तिब्र गतिका भारतिय बलर कुमार घाईते रहेका कारण गत संस्करणको आईपिएलबाट बाहिरिएकामा इंग्ल्याण्ड विरुद्धको टि ट्वान्टिबाट क्रिकेटमा पुन आगमन गर्दै छन्।
१०)टि नटराजन
भारतिय राष्ट्रिय टिमको तिनै फर्म्याटमा खेलिरहेका नटराजन आफ्नो योर्कर बलिङका कारण गत संस्करणमा ठुलो छाप छोडेका थिए।
११)खलिल अहमद
भारतिय टोलीको प्रतिनिधित्व गरि सकेका खलिल तिब्र गतिका बलरको रुपमा अन्तिम ११ मा रहन सक्छन्।