प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरूको बैठक सर्वोच्च अदालतमा शुरु भएको छ ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरूसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए।
उनले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरू नजाने भएका छन्। प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन्।