कात्तिक ८, २०७८ सोमबार

एजेन्सी । साउदी अरेबियाको सेनाले यमनको मारिब शहरमा केही दिनयता निरन्तर बमबारी गरिरहेको अधिकारीहरूले बताएका छन् । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

मारिब यमनका हुथी विद्रोहीहरूको कब्जामा रहेको तेलको धनी मानिने शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रूपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरूले बताएका छन् ।

उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए । –सिन्ह्वा