कात्तिक ८, २०७८ सोमबार

इटहरी । इटहरीबाट प्रहरीले आमा-छोरासहित तीन जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा चलाएको छ ।

होटल सञ्चालन गरेको बहाना बनाएर इटहरी वडा नं. १२ मा यौनधन्दा सञ्चालन गर्ने स्थानीय सावित्रा लामिछाने, उनका छोरा किरण लामिछाने र ग्राहक बनेर आएका इटहरी वडा नं. ११ का गुणराज पोखरेललाई मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। प्रहरी निरीक्षक केशवकुमार कट्वालका अनुसार होटल भनिए पनि बोर्ड नराखिकन सम्पर्कका आधारमा यौनधन्दा गराउने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले २२ वर्षीया युवतीलाई यौनधन्दा गराउने गरेको जनायो।