कात्तिक ८, २०७८ सोमबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम् ८७.६३ अङ्कले बढेर २६७२.२५ विन्दुमा उक्लिएको छ । लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार एकाएक उछाल आएको हो ।

आइतबार नेप्से परिसूचक २७ अङ्कले मात्र बढेको थियो । 

यस दिन सबैजसो उपसूचकहरू धनात्मक भएर बजार नै हरियाली भएको छ । यद्यपि, ८७ अङ्क माथिले बढेको बजारमा कारोबार रकम भने खासै राम्रो हुन सकेको छैन ।  नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ८३ लाख ९५ हजार कित्ता बराबरको शेयर ५३ हजारभन्दा बढी पटक बजारमा किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको छ ।