असार ७, २०८३ आइतबार

त्रिवेणी (रुकुमपश्चिम), ७ असारः रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित  कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको मृत्यु भएको हो ।

बालिका तालमा डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्व लगेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिनुभयो ।