असार ८, २०८३ सोमबार

काभ्रेपलाञ्चोक, ८ असारः पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहनुभएका उहाँ पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित हुनुहुन्थ्यो । 

 काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा  गए  राति उहाँको निधन भएको छोरा महेश खरेलले जानकारी दिनुभयो । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुनुुहुन्छ । 

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मुभएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका नेता खरेल प्रजातन्त्र स्थापनापछि  शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत हुनुभएको थियो ।