कात्तिक ९, २०७८ मंगलबार

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित मुना श्रेष्ठको घरमा बस्ने मिलनकुमार राईको डेरा खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

करीब ७ महिनादेखि सम्पर्कविहीन भएर डेरा भाडासमेत नतिरेपछि घरधनीको आग्रहमा वडा कार्यालयले कोठा खाली गर्न खानतलासी गरेको थियो । कोठामा एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली भेटिएको छ । पेस्तोलबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मिलन सोलुखुम्बु देउसाका स्थानीय हुन् ।