असार ८, २०८३ सोमबार

जलेश्वर (महोत्तरी), ८ असार  :  जलेश्वर नगरपालिकाको– १२,  थरुवाही गाउँबाट विद्यालय गएका गौतम यादव जेठ ७ गतेदेखि बेपत्ता छन् । 

    थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनम यादवका छोरा  बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुलमा पढ्न गएदेखि घर फर्केका छैनन् । 

    कक्षा चारमा पढ्ने गौतम त्यस दिन विद्यालय पोसाक, झोला र  चारथान कापी बोकेर साइकलबाट विद्यालय गएका थिए । जेठ ८ गते खोजतलाशका लागि बाबु आशुतोष यादवले लिखित निवेदन दिएपछि प्रहरीले बालक गौतमको खोजतलाश गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताउनुभयो ।