कात्तिक ९, २०७८ मंगलबार

कात्तिक ९, काठमाडौं । मङ्गलवार बजार खुलेको करीब तीन घण्टाको अवधिमा खानीखोला हाइड्रोपावरसहित छ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २२५ धितोपत्रमध्ये छ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रोपावर, वेष्ट फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

ती छ ओटा धितोपत्रमध्ये नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी पाँच ओटा कम्पनीको शेयरमूल्यमा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

बजार बढेसँगै ती छ ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा ती छ ओटा कम्पनीको शेयरमा विक्रेता शून्य रहेको छ भने क्रेता धेरै रहेका छन् । 

नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य प्रतिकित्ता रू.५११ दशमलव ८०, वेष्ट फाइनान्सको रू. ५३३ दशमलव ७०, घलेम्दी हाइड्रोको रू. ३६३, माउण्टेन हाइड्रो नेपालको रू. ४४०, राधी विद्युत् कम्पनीको रू. ६५३ दशमलव ४० र खानीखोला हाइड्रोपावरको रू. ३५३ दशमलव १० पुगेको छ ।