कात्तिक ९, २०७८ मंगलबार

काठमाडौँ । कोरोनाका कारण स्थगित गरिएको सवारी चालक अुनमति पत्र (लाइन्सेन्स) परीक्षाका लागि मंगलबारबाट आवेदन खुलेको छ ।

गत १६ वैशाखदेखि विभागले सूचना जारी गर्दै भौतिक उपस्थितिमा लाइसेन्सका लागि आवेदन दिनसक्ने व्यवस्था स्थगित गरेको थियो ।

हाल देशभर १३ लाख भन्दा बढी लाइन्सेन्सको प्रतीक्षामा रहेका छन् ।

आवेदकले अनलाइनमार्फत फारम भरी सेवा लिन सक्ने भएका छन् ।