असार ११, २०८३ बिहिबार

काठमाडौँ, ११ असार :  स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य रु चार हजार ४८५  मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ । –––