कात्तिक ९, २०७८ मंगलबार

नेपालमा ६ सय ६६ जना कोरोनाका सङ्क्रमित थप भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अवधिमा १२ हजार २० जनामा गरेको नमूना परीक्षणमा सोको सङ्ख्यामा सङ्क्रमित थपिएको जनाएको छ।

मन्त्रालयले सो अवधिमा ९ हजार ७७१ जनाको पीसिआर र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरेको थियो।

सोही अवधिमा ११ जना कोरोना सङ्क्रमितको निधन भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा १० हजार २९६ जना सक्रिय सङ्क्रमित छन्।