कात्तिक १०, २०७८ बुधबार

यातायात व्यवस्था विभागले झन्डै छ महिनापछि स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार नयाँ आवेदन वेवसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ तर आवेदकको पालो भने फर्म भरेको चार/पाँच महिनापछि मात्रै आउँछ । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको छ ।

कहाँ गएर कसरी भर्ने लाइसेन्स आवेदन


सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।

अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमतिपत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।