कात्तिक १०, २०७८ बुधबार

एमालेको पालिकास्तरको अधिवेशन उद्घाटनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बदर गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गत असार २८ गते परमादेश जारी गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन्।

सर्वोच्च अदालतमा हजारौं मुद्दा टुंगिन सकेका छैनन्। श्रीमान् न्यायाधीशहरू कसले केके गरेका थिए, अहिले आफैंले उधिन्न थालेका छन्। सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले परमादेश जारी गरेका थिए।एकजना (प्रधानन्यायाधीश) को मात्रै किन राजीनामा माग्नु? पाँचै जनाले राजीनामा दिँदा उपयुक्त हुन्छ।’