कात्तिक १०, २०७८ बुधबार

नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाइ जङ्गे पिलर कायम गर्न सुस्ता बचाउ अभियानकर्मीले माग गरेको छ ।

अभियान टोलीले मन्त्री बालकृष्ण खाँणसँग भेट गरी चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ ।

ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न माग गरिएको छ।

संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालसहितको टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल–भारत सीमा छुट्टयाउनुपर्ने, सुस्ताबासीले जोतभोग गरी आएको जग्गाको लालपुर्जा वितरण गरी राजस्व सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्नेलगायतका उनीहरूले माग राखेका छन् ।