असार १४, २०८३ आइतबार

काठमाडौँ, १४ असारः नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार  जिल्ला प्रहरी परिसर काठमाडौँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख २३ हजार पाँच र २२ बुक ताससहित पक्राउ गरेको हो ।

    यस्तै, चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।