कात्तिक १०, २०७८ बुधबार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवारका लागि ११ इजलास तोकेका छन् । आफूसहित र अन्य न्यायाधीशलाई राखेर उनले तोकेको इजलासमा न्यायाधीशहरू उपस्थित हुने छैनन् ।

राजीनामालाई बटमलाइन बनाएका सर्वोच्च अदालतमा १५ न्यायाधीशहरू आज तोकिएको इजलासमा उपस्थित नहुने बहाना खोजिरहेका छन् । कार्तिक १५ गते ललिता निवास जग्गा प्रकरणबारे पनि सर्वोच्चमा फैसला हुँदै छ । त्यसमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई मुछिएका छन् ।

साढे ११ बजेदेखि उनीहरू आन्तरिक छलफलमा बस्ने स्रोतले जनाएको छ ।

मंगलवार न्यायाधीशहरूको समूहले जबरालाई भेटेरै राजीनामा दिन आग्रह गरेको थियो । जवाफमा जबराले राजीनामा दिने भए विवादमा रहेका सबै न्यायाधीशले दिनुपर्ने, आफू एक्लैले नदिने जवाफ दिएका थिए ।