बाजुरा, १५ असारः बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । यहाँका एक हजार ३४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।
पूर्ण खोप सुनिश्चितता घोषणामा त्रिवेणी नगरपालिकाका जन्मेदेखि १५ महिनाका २७४, गौमुलमा १७४, खप्तड छेडेदह गाउपालिकामा ३१०, स्वामीकार्तिक खापर गाउँपालिकामा २१८ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालयले जनाएको छ
यसैगरी, बडीमालिका ३००, बुढीनन्दा ३५३ र बुढीगङ्गा नगरपालिकामा २३६, जगन्नाथ १६२ र हिमाली गाउँपालिकामा १८० जना बालबालिकाले पूर्ण खोप लगाएका छन् ।
एक खोप लगाएर अन्य चार खोप नलगाउने त्रिवेणी नगरपालिकाका एक जना, बडीमालिका नगरपालिकामा एक जना, बुढीनन्दा नगरपालिकामा एक जना र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वयंसेविका र स्थानीय तहका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताउनुभएको छ ।