असार १५, २०८३ सोमबार

काठमाडौँ, १५ असारः राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

    राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उहाँहरुले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
    
    सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिनुभयो । 

    सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति पारदर्शी हुनुपर्ने बताउनुभयो । 

    सांसद सम्झना देवकोटाले धान र बीउमा आत्मनिर्भर रहने वातावरण बनाउन माग गर्नुभयो । 

    सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरका विषयमा उठेको प्रश्नलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

    सांसद विष्णुकुमारी सापकोटाले कुनै पनि राजनीतिक दलले बालबालिकालाई दलको सदस्यता दिनु वा प्रयोग गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभयो ।