फागुन २६, २०७७ बुधबार

एजेन्सी - इटालियन सिरी ए च्याम्पियन क्लब युभेन्टस यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । बुधबार बिहान सम्पन्र भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३-२ गोल अन्तरले पराजित गरेपनि युभेन्टस बाहिरिएको हो ।
 
निर्धारित समयमा २-१ गोलको अबस्था भएपछि खेल अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित पोर्टोलाई हराएको थियो । तर, समग्रमा नतिजा ४-४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । 
यस अघि पहिलो लेगमा पोर्टोले युभेन्टसलाई २-१ ले हराएको थियो । युभेन्टसको घरेलु मैदानमा निकै प्रतिस्पधात्मक्र बनेको खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाएका थिए ‌। पहिलो हाफमा १-० गोलले पछि परेको युभेन्टसले दोस्रो हाफको खेलको ४९ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १-१ को बराबरीमा ल्याए ‌।

त्यस्तै खेलको ५४ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । उसका मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ,खेलको ६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । किएजाको गोलसँगै खेल समग्रमा ३-३ को बराबरीमा पुग्यो । त्यसपछि निर्धारित समयसम्म थप गोल नहुदा खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टो २-२ बराबरीमा ल्याए । त्यसपछि खेलको १ सय १७ औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३-२ को जित दिलाए । तर, यस जितले युभेन्टसलाई क्वाटरफाइनलमा पुर्याउन भने सकेन । अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।