असार १६, २०८३ मंगलबार

काठमाडौँ, १६ असार : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु चार हजार ५०० ले गिरावट आएको  छ भने चाँदी रु २५ ले गिरावट आएको  छ । 
    आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ निर्धारण भएको छ । 

    सोमबार एक तोला सुनको मूल्य रु दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य रु चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२५ मा खरिद बिक्री भएको थियो । 

    अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।