काठमाडौं, ११ कार्तिक । अधिवक्ताहरू मेरिसा चाम्लिङ राई र सिरिष्मा घिमिरेले इजलास बहिष्कार गर्ने सर्वोच्च अदालतका न्यायाधिशहरूविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । न्यायाधीशहरूले इजलास बहिष्कार गरेर अदालतभित्र राजनीति गरेको र जनतालाई न्याय दिने कुरा प्रभावित पारेको भन्दै उनीहरूले आज रिट दायर गरेका हुन् ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको इजलास न्यायाधीशहरुले बहिष्कार गरेका छन् । ती न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा समेत मागेका छन् ।