दाङ, १८ असार : तुलसीपुर उपमहानगरपालिका–११ स्थित पिरगाउँ प्राथमिक विद्यालय पुनःसञ्चालनमा आएको छ ।
उक्त पाठशाला न्यून विद्यार्थी भएकै कारण २०७६ सालमा बन्द भएको थियो । स्थानीयले पुनः स्कुल चलाइदिन मागगरेपछि हालैदेखि सो शिक्षालय सञ्चालनमा आएको हो । हाल ३६ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमा बस्नेतले जानकारी दिनुभयो ।
सो शैक्षिक संस्था कक्षा २ सम्म सञ्चालनमा छ । संस्थामा एक जना प्रावि स्थायी तथा बाल विकासका दुई जना शिक्षक कार्यरत हुनुहुन्छ ।