महेश सिंह/सिरहा । खुशी जागरुक युवा क्लब लहानले क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ। सिरहाको लहान नगरपालिका ३ पुरानो बसपार्कमा खेल सुरु गरेको हो ।
उक्त खेलमा जम्मा १६ वटा टिमले भाग लिन नाम दर्ता गराएका छन् । प्रथम दिनको खेलमा RRCC युवा क्लब लहान ३ र श्री लक्ष्मीनारायण भगवती युवा क्रिकेट युवा क्लब नहराले मैदानमा सहभागी भई प्रतिस्पर्धामा आएका छन्।
खेल ६ दिनसम्म चल्ने आयोजकले बताएको छ । खेलमा प्रथम हुने क्लबलाई १५ हजार नगद, ट्रफी र प्रमाण पत्र, द्वितीय हुनेलाई नगर ८ हजार, ट्रफी र प्रमाण पत्र दिइने छ ।
प्रथम, दोश्रो र तेस्रो हुनेलाई एक- एक थान साइकल पुरस्कारस्वरूप दिने क्लबका अध्यक्षले बताए ।