असार २३, २०८३ मंगलबार

काठमाडौँ, २३ असार : राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

      सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पार्नुभयो ।

    यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु रामकुमारी झाक्री,  प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिदै आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

      राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठक पाँच मिनेटका लागि स्थगित गर्नुभएको छ ।