भक्तपुर, २३ असार : प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा अवलोकन गर्नुभएको छ । भलभल अष्टमीको दिन उहाँ मन्दिरमा पुग्नुभएको हो ।
नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायण्ी लगेर अन्त्येष्टी गरिने परम्परा छ । सोही परम्पराअनुसार आज साँझसम्म नै नवदुर्गा देवगणले यसवर्षको अन्तिम नाच प्रर्दशन गर्ने र स्थानीयबाट पूजा जारी थियो । सोही क्रममा प्रधानमन्त्री शाह मन्दिरमा पुग्नुभएको थियो उहाँले जानकारी भयो ।
त्यस अवसरमा वनमालाले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व, नवदुर्गाको जात्रा, पर्वलगायतका विषयमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री फर्केपछि देवगणको ब्रम्हायणी यात्रा सुरु भएको थियो । आजै देवगणले लगाएको मुकुण्डो ब्रम्हायणी लगेर जलाउने प्रचलन छ ।