असार २४, २०८३ बुधबार

उदयपुर (गाईघाट), २४ असारः बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ ।

यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । उहाँ करार सेवाका कर्मचारी हुनुहुन्थ्यो । 

विद्युत्को पोल मर्मत गर्दा करेन्ट प्रवाह भएनभएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो ।