असार २४, २०८३ बुधबार

काठमाडौँ, २४ असारः सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी, गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, शिक्षण अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । 

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । 

यसैगरी, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत भएको छ ।

बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३÷०८४–२०८७÷८८) र भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२÷८३–२०८७÷८८) स्वीकृत गरेको छ ।