कात्तिक १४, २०७८ आइतबार

राष्ट्रिय वाणिज्य बैंक विभिन्न पदमा ८०० जना भन्दा बढीका लागि दरखास्त आह्वान गरेको छ।

आइतबार विज्ञापन जारी गर्दै रिक्त रहेका विभिन्न पद र तहमा लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ।

फाराम अनलाइनमार्फत भर्न सकिने छ। फाराम कात्तिक १५ गतेदेखि मंसिर ५ गतेसम्म भर्न सकिने छ। दोब्बर दस्तुर तिरेर मंसिर १२ गतेसम्म भर्न सकिने जनाइएको छ।