कात्तिक १४, २०७८ आइतबार

नेपाल प्रहरीको डिआइजी दरबन्दी थप गर्नेगरी सरकारले तयारी गरेको छ ।

डिआइजीले सम्हाल्दै आएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतका डिआइजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने प्रहरी प्रधान कार्यालयले तयारी गरेको हो ।

डिआइजी बन्ने दौडमा एसएसपीहरू नरबहादुर खत्री, हरिराज वाग्ने, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेरखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापालगायत रहेका छन् ।