एजेन्सी । यमनको दक्षिणी शहर आदेनको एक अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरू कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकिरहेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो सङ्ख्याका मानिस घाइते भएका छन् ।
घाइते भएकाहरूलाई अस्पताल पुर्याइएको छ ।