कात्तिक १४, २०७८ आइतबार

एजेन्सी, १४ कात्तिक । हिन्दुत्वमा आस्था राख्ने भाजपा नेतासमेत रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रोममा इसाई धर्मगुरु पोप फ्रान्सिसलाई भेटेपछि भारतभित्र र बाहिरको राजनीति तरङ्गित भएको छ ।

मोदीले पोपलाई भारत भ्रमणको निम्तो पनि दिएका छन् । उनको भेटलाई राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका महासचिव दत्तात्रय होसवलेले सरकार प्रमुखले विश्वको नागरिक प्रणालीभित्रका जोकोहीलाई भेट्नसक्ने प्रतिक्रिया दिएका छन् ।

मोदीको पोपसँगको भेटलाई भारतमा इसाई धर्मालम्बीको मत आकर्षित गर्न चालिएको कदमका रूपमा विश्लेषणसमेत भइरहेको छ ।